काठमाडौं । नेपालले प्रविधि पहुँचमा फड्को मारिसकेको छ । अहिले दिनहु प्रविधिको विकास र पहुच बढ्दै गइरहेको बेला नेपाल सरकारले भने प्रतिबन्ध गरेको छ । दिनँहु प्रविधि प्रयोगकर्ताहरु बढिरहेका छन् । स्व-अनुशासनमा रहेर प्रयोग नगर्दा समाजमा विकृति बढेको पनि छ । जसलाई नियमनको दायरामा ल्याउन सरकारले प्रतिबन्धको बाटो रोज्न पुगेको छ । तर टिकटक जस्ता अन्य एपहरु पनि छन्, जसले समाजमा उच्छृङ्खलता फैलाइरहेको छ । सरकार भने यसबारे बेखबर छ ।
सरकारले टिकटकलाई मात्र बन्द गरेर नियमन हुन सक्दैन । यो प्रतिबन्धले नियमन हुने पनि होइन । टिकटक भन्दा अगडि देखि नै पोप्पो एपले अझ समाजमा विकराल रुपमा फैलिदै छ ।पोप्पो एपका प्रयोगकर्ताहरु अहिले बढिरहेका छन् । बेरोजगार रहेकाहरु अहिले यहि एप प्रयोग गरेर आफ्नो आयअर्जन गरिरहेका छन् । बिस्तारै पोप्पोको लत बस्दै गइरहेको छ । नेपालका मुख्य ठाउँ हरुमा यसको प्रयोग दुरुपयोग हुदै गैरहेको छ । सरकारले आफ्नो आलोचना देखिने टिकटक मात्र बन्द गरेको छ तर अन्य एप जसले सामाजिक सद्भाव बिगारेको छ त्यसलाई भने प्रतिबन्ध लगाउन सकेको छैन।
टिकटकमा उच्छृङ्खलता बढ्यो भनेर सरकारले यसलाई प्रतिबन्ध गरेपनि पोप्पोलाई प्रतिबन्ध गरेको छैन ।पोप्पो एप अहिले धेरै बेरोजगारहरुको प्यारो भएको छ । ग्रुपमा बोल्न पनि मिल्ने र बोलेको पैसा आउने भएपछि यो सबैमाझ लोकप्रिय बन्दै गइरहेको छ । तर लाइभमा बस्दा यसमा पनि उच्छृङ्खलता बढ्न थालेको छ ।यसलाई प्रतिबन्ध खै सरकार ?