नयाँ दिल्ली । विश्वकप क्रिकेटको उपाधि भिडन्त आज अस्ट्रेलिया र भारतबीच भइरहेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा भारतले ब्याटिङ गर्दा एक जना प्यालेस्टाइनी समर्थक मैदानमा छिरेका छन् ।
उनी प्यालेस्टाइनको झण्डा बोकेर मैदानमा छिरेका थिए । र, उनले ब्याटिङ गरिरहेका विराट कोहलीलाई समातेका थिए । यसपछि मैदानमा खटिएका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका छन् । उनलाई अहिले प्रहरी थानामा राखिएको छ ।
उनी २४ वर्षीय अस्ट्रेलियन नागरिक वेन जोनसन रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले आफू अस्ट्रेलियन नागरिक भएको र प्यालेस्टाइनको समर्थक रहेको बताएका छन् ।