• मंसिर १५ २०८१, शनिबार

सांसद तोसिमा कार्कीले १ महिनाको तलब जाजरकोट अस्पताललाई उपलब्ध गराउने

मंसिर २ २०८०, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोसिमा कार्कीले जाजरकोट अस्पताललाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अस्पताललाई चाहिने सामान जुटाउनका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् नै संघीय तथा प्रादेशिक स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्नका लागि ध्यानाकर्षण गराउँदै मनकारी नेपालीजनलाई सहयोग गर्नका लागि पनि अपिल गरेकी छिन् ।

उनले लेखेकी छन्, ‘जाजरकोट असपतालमा उपकरण थप्ने विषयमा केहि साथीहरुले मलाई सांसद विकास कोषबाट गर्नुस् न भन्नुभएको रहेछ । पुनः जानकारी गराउँछु, त्यो निर्वाचन क्षेत्र विकाष कोष र सांसद विकास कोष सर्वोच्चद्वारा रोक्का भइसकेको अवस्था छ । यद्यपी मेरो एक महिनाको तलब यो अस्पताललाई चाहिने सामान जुटाउनमा सेवाभावका साथ सानो सहयोग गर्नेछु । नेपाल सरकार स्वास्थ्य मन्त्रालय (संघ, प्रदेश)लाई पनि ध्यानाकर्षण गराएको छु । हजुरहरु मनकारी नेपालीजनले पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । आशा छ चाँडै नै जाजरकोट जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सहित आईसीयु सञ्चालन सुरु गर्न सकिनेछ ।’

जाजरकोट अस्पतालमा उपकरण थप्ने विषयमा केहि साथीहरुले आफूलाई सांसद विकास कोषबाट सहयोग गर्न अनुरोध गरेको भए पनि निर्वाचन क्षेत्र विकाष कोष र सांसद विकास कोष सर्वोच्च अदालतले रोक लगाइसकेको भन्दै एक महिनाको तलब सुविधा उपलब्ध गराउने उनको भनाई छ ।