• मंसिर ११ २०८१, मंगलवार

सामाजिक सञ्जाल नियन्त्रण गर्न यसो गरौं !

मंसिर १ २०८०, शुक्रबार

आजको युगमा इमेल, इन्टरनेट, फेसबुक, भाइबर, स्न्यापच्याट, इन्स्टाग्राम, ट्वीटर (एक्स), मेसेन्जर वी च्याटलगायत अन्य सामाजिक सञ्जालको महत्व कम छैन । सामाजिक सञ्जालको महत्व कम नभएको मात्रै होइन कि अहिले आएर इमेल, इन्टरनेट, फेसबुक, भाइबर, स्न्याप च्याट, इन्स्टाग्राम, ट्वीटर (एक्सं), मेसेन्जर, वी च्याटलगायत अन्य सामाजिक सञ्जालको प्रयोगबिना मानिसको जीवन महत्वहीन बन्दै गएको छ ।

हुन पनि आजको दिनमा सहर बजारमा बस्ने मान्छेका लागि मात्रै नभएर सहरोन्मुख गाउँवस्तीमा बस्ने सर्वसाधारण मानिसहरूका लागि समेत अति आवश्यक र सर्व स्वीकार्य सञ्चारको माध्यम भएको छ सामाजिक सञ्जाल । तर यसको जताभावी प्रयोगले गर्दा समाजमा विकृति पनि धेरै ल्याएको छ, बढ्दै गएको देखिन्छ ।

त्यसैले गर्दा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सही ढङ्गले र सही काममा प्रयोग गर्नुभन्दा पनि आफूलाई मन नपरेको व्यक्ति, सङ्घ–संस्था, तिनका प्रमुख, राजनीतिक दल र तिनका नेता आदिलाई जताभावी गालीगलौज गर्ने क्रम अत्यधिक रूपमा बढेर गएको छ ।

त्यसैले यसरी जताभावी सामाजिक सञ्जाल प्रयोग गर्ने क्रमलाई रोक्ने एक अचूक उपाय भनेको एकाउन्ट खोल्ने व्यक्तिको सक्कली नाममा मात्रै एकाउन्ट खोल्न दिने, सो क्रममा नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्रको नम्बर राख्नैपर्ने, एकाउन्ट खोल्नेको सक्कली फोटा राख्नैपर्ने साथै एकाउन्ट खोल्ने व्यक्ति वा संस्थाबाट पनि धेरथोर शुल्क–कर (ट्याक्स) लिनुपर्ने व्यवस्था गर्ने गर्नुपर्ने देखिन्छ ।

कुनै व्यक्ति वा सङ्घ–संस्थाले एकभन्दा बढी सामाजिक सञ्जाल खोल्न चाहन्छ भने त्यस्ता व्यक्ति वा सङ्घ–संस्थाले जत्ति धेरै एकाउन्ट खोल्न चाहन्छ, उत्ति नै धेरै शुल्क–कर (ट्याक्स) लिने व्यवस्था गर्नुपर्ने ऐन, कानुन, नियम, विनियम, धारा, उपधारा, दफा, उपदफा, (क), (ख), (ग), …मै राख्नुपर्ने देखिन्छ ।

माथि उल्लेखित नियमहरू पूरा नगरी एकाउन्ट खोल्ने व्यक्तिको सामाजिक सञ्जालहरू जस्तो कि इमेल, इन्टरनेट, फेसबुक, भाइबर, स्न्याप च्याट, इन्स्टाग्राम, ट्वीटर (एक्स), मेसेन्जर, वी च्याटलगायत अन्य सामाजिक सञ्जाल खुल्दै, नखुल्ने व्यवस्था गर्ने गर्नुपर्ने देखिन्छ । त्यसो गर्दा अहिलेको जस्तो जथाभावी सामाजिक सञ्जाल प्रयोग गर्नेहरू जसरी लगामविहीन र छाडा भएका छन्, त्यो स्वतः कम हुने र आफै नियन्त्रित हुने छन् कि !

वास्तव इमेल, इन्टरनेट, फेसबुक, भाइबर, स्न्यापच्याट, इन्स्टाग्राम, ट्वीटर (एक्स), मेसेन्जर वी च्याट लगायत सामाजिक सञ्जालको आगमन र बढ्दो प्रयोगसँगै आमसञ्चारका पुराना माध्यमहरू जस्तै कटुवाल प्रथा, आकाशवाणी (आवा) र हुलाकका माध्यमबाट हुने चिठीपत्रको जमानालाई लगभग विस्थापित गरिसकेको छ ।

जे भए पनि आजको जमानामा परिवर्तनसँगै आएको फेसबुक, भाइबर, स्न्याप च्याट, इन्स्टाग्राम, ट्वीटर (एक्स), मेसेन्जर वीच्याटलगायत अन्य सामाजिक सञ्जालको महत्व बढेसँगै भौतिक दूरीका हिसावले धेरै टाढा रहेका मान्छेहरूलाई एकआपस्तमा सूचना दिने सञ्चार गर्नका लागि धेरै सजिलो माध्यम भएकोमा सबैले स्वीकार गर्नु पर्छ । तापनि सञ्जालसँगै आएका अप्ठ्यारहरूलाई पनि निरूपण गर्नुपर्ने हुन्छ नै ।

त्यसैले समाजमा सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा बढेको नकारात्मक असर र जोखिमलाई कसरी कम गर्ने वा …? सो सम्बन्धमा नेपाल सरकार र नागरिक अगुवाहरूले ध्यान दिनुपर्ने देखिन्छ । हुन त यसै क्रममा विसं २०७७ माघ २७ मा बसेको तत्कालीन मन्त्रीपरिषदको बैठकले पनि ‘सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७’ ल्याउने निर्णय गरेको थियो ।

तर केकति कारणले हो ? तत्काल सो निर्देशिका लागू भएन, कार्यान्ययनमा आएन । वर्तमान सरकारले चाहिँ गएको बिहीबार (२३ कात्तिक, २०८०) का दिन मन्त्रिपरिषदद्वारा १. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) मार्फत् विषयवस्तु (कन्टेन्ट) गर्न, २. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) मार्फत् विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी व्यक्त गर्न वा कल गर्न,

३. कुनै समुदाय, जाजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसङ्ख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवम् टोल बनाई प्रकाशन र प्रसारण गर्न, ४. बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाहजस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न,

५. अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पिच वा हेट स्पिच मानिने कार्य गर्न स्पष्टीकरणः हेट स्पिच भन्नाले पोस्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा पैmलने, सामाजिक सद्भाव बिग्रनेजस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनु पर्छ भनी सरकारले स्पष्टीकरण समेत थिएको छ । (स्रोतः राजधानी दैनिक २०८९ कत्तिक २४ ।)

जुन धेरै राम्रो कुरो हो । यति व्यवस्था अलागू भएमा सही ढङ्गले र चित्त नबुझेको कुनै पनि कुरो जस्तो कि ‘कुनै पनि व्यक्तिले लेखेको लेख, रचना, फिचर, ओबीच्युरी, समाचार, कुनै पनि व्यक्तिले भनेको भनाइ, भाषण, प्रकाशित गरेको तस्बिरहरू, भिडियोहरू, कुराकानी, अन्तर्वार्ता, विचार–मन्थन र विचार विमर्श आदिका सम्बन्धमा सही तरिकाले (कन्टेन्टमा गएर) चित्त नबुभेको कुरोमा कमेन्ट गर्न, बोल्न, लेख्न, प्रतिक्रिया दिन खासै बाधा पर्दैन, बाधा पर्ने देखिदैन ।

तर जसको ‘नियत नै खराब छ !’ उनीहरूका लागि चाहिँ बाधाव्यवधानकारी हुने नै भयो ?! त्यस्तै नयाँ पत्रिका दैनिकले पनि बुँदागत रूपमा सरकारको ‘सामाजिक सञ्जाल निर्देशिका’ सम्बन्धी समाचार प्रकाशित गरेको छ– १. मन्त्रिपरिषदद्वारा सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत, प्रहरीद्वारा आक्रामक कारबाही,

२. निर्देशिका अनुसार सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता हुनुका साथै कार्यालय खोल्नुपर्ने, ३. फेक आइडी बनाउन नहुने, निजी मामिलाका फोटा अनुमतिविना राख्न नपाइने भनी समाचार छापेको छ । स्रोतः नयाँ पत्रिका दैनिक २०८९ कत्तिक २४ ।

तर यो पंक्तिकारको विचारमा सरकारले गरेको त्यति व्यवस्थाले मात्रै नपुग्ने देखिन्छ । त्यसैले सामाजिक संञ्जाल जताभावी प्रयोग नहोस् भन्नका लागि अभैm पनि तलका व्यवस्थाहरू थप्नुपर्ने देखिन्छ । १. एकाउन्ट खोल्ने व्यक्तिने आफ्नो  सक्कली नाममा मात्रै एकाउन्ट खोल्न पाउने, २. एकाउन्ट खोल्ने क्रममा नागरिकता, पासपोर्ट, ड्राईभिङ लाईसेन्स, राष्ट्रिय परिचयपत्रको नम्बर राख्नैपर्ने, ३. एकाउन्ट खोल्ने व्यक्तिले आफ्नो सक्कली फोटा अनिवार्य रूपमा राख्नैपर्ने, ४. सो नगरेसम्म एकाउन्ट नखुल्ने व्यवस्था गर्ने,

५. साथै एकाउन्ट खोल्ने व्यक्ति वा संस्थाबाट पनि धेरथोर शुल्क–कर (ट्याक्स) लिने व्यवस्था गर्ने, ६. कुनै पनि व्यक्ति वा संघ–संस्थाले एकभन्दा बढी सामाजिक सञ्जाल खोल्न चाहेमा त्यस्ता व्यक्ति वा संघ–संस्थाले जत्ति धेरै एकाउन्ट खोल्न चाहन्छ, उत्ति नै धेरै शुल्क–कर (ट्याक्स) लिने व्यवस्था गर्ने । ७. सकेसम्मम एक व्यक्तिले एक मात्रै एकाउन्ट खोन पाउने, ८. त्यसैगरी सामाजिक सञ्जालमा एकाउन्ट खोल्ने व्यक्तिको पिंmगर प्रिन्ट र आँखाको पनि स्क्यान गरेर राख्नुपर्ने आदि इत्यादि ।

किन यसो गर्ने त भन्दाखेरि अहिलेको अवस्था हेरौं त ?! कयौं बेकामे मान्छेहरूमध्ये धेरै मान्छेहरू आपूm एक्लैले सयौं, हजारौं फेसबुक एकाउन्ट खोलेका छन्, अनेकौं नक्कली नामहरूमा । अनि अन्ट न सन्टका नानाथरी गाली–गलौज गरेका छन्, आपूmलाई मन नपरेका व्यक्तिहरू, संघ–संस्था, राजनीतिक दलहरू र तिनका नेता आदिलाई ।

फोटा पनि अरूका फोटा राखेका छन् । त्यसो गर्न पाईन्छ ? वा त्यसो गर्न दिनु हुन्छ ? त्यसरी अरूका फोटा राखेर मात्रै नपुगेर त्यस्ता बेकामे मान्छेहरूले फलफुल, साँप, हाँस, खरायो, चरा, मुसा, बाघ, सिंह, खोला, जङ्गल, पहाड, हिमाल, रूख, खेत, बारी, घर, टहरा, छाप्रो, पोखरी, मन्दिर, गुम्बा, मस्जिद, माने, ढुंगो, खहरे, छोर्तेन, ओढार, पहरा, ढाका टोपी, छत्रे टोपी, भ्यागुतो, झरना, कोट, नहर, जुत्ता, चस्मा, कान, गाई, भैसी, आँखा, जरायो, कंगारू, माछा, मृग, चित्तल, नरिवल, घाँस, समुन्द्र, घोडा, हात्ती, वनमान्छे, सडक, झोलुङ्गे पुलतारा, घाम, जुन, अस्पताल बन्दुक आदिको फोटासमेत राख्ने गर्छन् । तिनीहरूमध्ये कतिले त फोटा समेत नराखीकन मनपरी गर्छन्, गरिरहेका छन् ।