• मंसिर १२ २०८१, बुधबार

निमोनिया के हो ? के निमोनिया सर्न सक्छ ?

मंसिर १ २०८०, शुक्रबार

निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामा हाम्रो एउटा वा दुईटै फोक्सोमा संक्रमण हुने गर्छ । यस्तो संक्रमण भाइरस, ब्याक्टेरिया वा ढुसी (फंगस)का कारणले हुने गर्छ ।जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि हाम्रो फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन (सुन्निने) हुन्छ । त्यस्ता हावाथैलीहरुलाई एल्भोली भनिन्छ । यसरी निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ । यस्तो अवस्थामा संक्रमितलाई सास फेर्न कठिनाई हुन थाल्छ ।

के निमोनिया सर्न सक्छ ?

निमोनिया लगाउने किटाणुहरु संक्रमण गराउने खालका हुन्छन् । यस अर्थमा निमोनिया पनि एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

भाइरस वा व्याक्टेरियाका कारण भएको निमोनिया संक्रमितले फेरेको सास वा खोक्दा–हाँच्छिउ गर्दा उसको मुखबाट उछिट्टिएको थुक–सिंगानको छिटाहरुले त्यसको सम्पर्कमा आउने मानिसलाई सजिलै संक्रमित तुल्याउन सक्छ । त्यसबाहेक, संक्रमितले छोएका वा प्रयोग गरेका सरसामानहरुको सम्पर्कमा आउँदा पनि निमोनिया सर्न सक्छ ।

त्यसबाहेक, ढुसीका कारण हुने निमोनिया चाहिँ एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्दैन । त्यस्ता निमोनिया गराउने ढुसी भएको वातावरणको सम्पर्कमा आएपछि कुनै पनि व्यक्तिलाई निमोनिया हुन सक्छ ।