• माघ १८ २०८१, शुक्रबार

के छ र यो जिन्दगी

कार्तिक ३० २०८०, बिहीबार

गजल

यो तातो मरूभूमिमा घाँटी धेरै सुक्छ आमा
सम्झिएर साहुको ऋणले मुटु धैरे दुख्छ आमा ।

कमाएर दुई चार पैसा परिवार खुसी पार्न
याद गर्छु पुराना दिन, पीडाहरू लुक्छन् आमा ।

निद्रा छैन, भोक छैन कामै काममा बेरिएको छु
देख्दा यो देशको हालत मेरो शिर झुक्छ आमा ।

लाखौं युवा पिल्सिएछन् अरब र खाडी मुलुकमा
गाँउ घरको याद आउँदा यो मन त्यतै रून्छ आमा ।

के छ र यो जिन्दगी आखिर खरानी हुनुछ
बाँच्चुन्जेल हाँसी खुसी बाच्न पाए पुग्छ आमा ।