एजेन्सी । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ।
केन्यामा अल निनो वर्षाका कारण कम्तिमा ४६ जनाको मृत्यु भएको छ भने हजारौं बिस्थापित भएका छन्। आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए।
सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन्।
केन्या सरकाले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ।