काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्ने बताएको छ ।
क्यानले आज एक विज्ञप्ति निकालेर निणर्यमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ । साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने टिकटक विकल्प बनेकाले त्यसलाई नियमन गर्दा उपयुक्त हुने क्यानको धारणा छ ।
‘नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत् वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,’ विज्ञप्तिमा भनिएको छ ।