काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्तले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निणर्यको विरोध गरेका छन् ।
माओवादी निकट इटर्नी नेपालका इन्चार्जसमेत रहेका उनले टिकटक बन्द गरेर इण्डो-अमेरिकन लबी खुसी भएपनि सारमा यो तालिवानी मानसिकताको उपज भएको टिप्पणी गरेका छन् ।
‘टिकटक बन्द गरेर इण्डो-अमेरिकन लबी त खुसी होला, तर यो तालिवानी मानसिकताको उपज हो’, उनले सामाजिक सञ्जालमा सरकारको कदमको आलोचना गर्दै भनेका छन् । उनले अगाडि भनेका छन्, ‘सामाजिक राजनीतिक जीवनका कुन क्षेत्रमा विकृति छैन ? के सबै बन्द गरिदिन सम्भव छ श्रीमान् सरकार ?’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निणर्य गरेको थियो । यो निणर्यबारे तीव्र बहस भइरहेको छ ।