• मंसिर १२ २०८१, बुधबार

३० वटा संघ-संस्थाद्वारा टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन माग

कार्तिक २७ २०८०, सोमबार

काठमाडौं । सरकारले टिकटक बन्द गर्ने निणर्य गरेपछि त्यसको विरोध भइरहेको छ । विभिन्न सरोकारवाला संस्था तथा व्यक्तिहरूले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै टिकटक बन्द गर्ने  निर्णय  फिर्ता लिन माग गरेका छन् ।

उनीहरूले टिकटक बन्द गर्दे निणर्य अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाउने निष्कर्ष निकालेका छन् ।

डिजिटल मिडिया, इन्टरनेटसँग सम्बन्धित विभिन्न ३० वटा संस्था तथा व्यक्तिहरूले संयुक्त जारी गर्दै टिकटक बन्द गर्ने  निर्णय असंवैधानिक रहेको बताएका छ ।

उनीहरूले भनेका छन्, ‘टिकटक लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरुले नागरिकलाई आफ्नो विचार राख्न, सार्वजनिक बहस गर्न, रचनात्मकतालाई बढावा दिन, साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्धन गर्न तथा मनोरञ्जनकाको लागि प्लेटफर्म उपलब्ध गराउन खेल्ने भूमिका पहिचान गर्न आवश्यक छ । यस्ता डिजिटल प्लेटफर्महरु पछिल्ला दिनहरुमा लोकतान्त्रिक अभ्यासको उत्तम माध्यमको रूपमा स्थापित भएका छन् ।’