• मंसिर ८ २०८१, शनिबार

टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई प्राधिकरणको पत्राचार

कार्तिक २७ २०८०, सोमबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको निणर्यपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । उनका अनुसार टिकटक बन्द गरेको बारे मुख्यालयलाई पनि खबर गरिएको छ ।

‘हामीले सबै इन्टरनेट प्रदायक संस्थाहरूलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौं, टिकटकको मुख्यालयलाई पनि जानकारी गराइसकेका छौं । सरकारको निणर्य आउनेबित्तिकै हामीले पत्राचार गरेका हौं । २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ,’ उनले भने ।

टिकटक बन्द गर्ने सरकारको निणर्यको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ ।