काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा एक हजार रुपैयाँ घटेको छ ।
छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन तोलामा एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।