• मंसिर १३ २०८१, बिहीबार

अस्थायी आवास बनाउन भूकम्प पीडितलाई प्रतिपरिवार ५० हजार दिइने

कार्तिक २६ २०८०, आईतवार

काठमाडौं । सरकारले कात्तिक १७ गएको भूकम्पबाट पूर्णरूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन आर्थिक सहयोग गर्ने भएको छ ।

आइतबार गृह मन्त्रालयमा बसेको विपद् न्यूनिकरण समितिको बैठकले प्रतिपरिवारलाई ५० हजार रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो । यो रकम दुई किस्तामा दिइन्छ ।

जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा २६ हजार पाँच सय ५७ घरमा पूर्ण रूपमा क्षति पुर्याएकाे थियो ।

गृह मन्त्रालयको तथ्यांक अनुसार ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति पुगेको छ । अस्थायी आवास बनाउनका लागि राहत रकम उपलब्ध गराउन सरकारले सम्बन्धित जिल्लाको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।