• मंसिर १२ २०८१, बुधबार

टी-२० खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली हङकङ प्रस्थान

कार्तिक २६ २०८०, आईतवार

काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी-२० शृंखला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृंखलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापान छन्। शृंखलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटीकाको दिन ताञ्जेनियासँग खेल्नेछ।

त्यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ सँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ। उक्त शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुसी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन्।