काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको कर्जा निक्षेप(सीडी) अनुपात सुविधाजनक अवस्थामा देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासका लागि बाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणनुसार सीडी अनुपात गत वर्षको सोही अवधिको तुलनामा घटेको छ।
बैंकिङ प्रणालीमा करिब ५ खर्बको हाराहारीमा लगानीयोग्य रकम भएपनि उच्च ब्याजदरका कारण कर्जा प्रवाह हुन सकेको छैन। हाल बैंकहरुको औषत सीडी अनुपात ८१.७९ प्रतिशत रहेको छ।
असोज मसान्तसम्म पनि अधिकांश बाणिज्य बैंकको आधार दर उच्च रहेको छ। सीडी अनुपातमा दबाब नभएका बाणिज्य बैंकहरुको आधार दर तुलनात्मक रुपमा अन्य बैंकहरुको तुलनामा कम देखिएको छ।
राष्ट्रिय बाणिज्य बैंकको आधारदर सबैभन्दा कम ८.३२ प्रतिशत रहेको छ। स्टाण्डर्ड चार्टर्ड बैंक आधार दर ८.४२ प्रतिशत रहेको छ। यस्तै नेपाल बैंक लिमिटेडको ९.१९ प्रतिशत, नेपाल एसबिआई बैंकको १०.२५ प्रतिशत, सानिमा बैंकको ९.२५ प्रतिशत, कृषि विकास बैंकको १०.३८ प्रतिशत, एनआईसी एसिया बैंकको १०.५६ प्रतिशत, ग्लोवल आईएमई बैंकको १०.०७ प्रतिशत, सिद्धार्थ बैंकको ९.५३ प्रतिशत रहेको छ ।
सिटिजन्स इन्टरनेशनल बैंकको १०.६ प्रतिशत, प्राइम कमर्सियल बै्कको १०.६४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १०.८ प्रतिशत, माछापुच्छ्रे बैंकको १०.०१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.९९ प्रतिशत, हिमलायन बेंकको १०.८६ प्रतिशत, प्रभु बैंकको १०.१४ प्रतिशत, हिमालयन बैंकको १०.८६ प्रतिशत, कुमारी बैंकको १०.९१ प्रतिशत, एनएमबि बैंकको ९.८५ प्रतिशत र नविल बैंकको आधार दर ९.५८ प्रतिशत रहेको छ।