• फाल्गुन ३० २०८२, शनिबार

संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रश्न उठाउने दुस्साहस भइरहेको छ : प्र.म दाहाल

कार्तिक २५ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रश्न उठाउने दुस्साहस भइरहेको बताएका छन् ।

नेवाः अभियन्ता, मानवअधिकारवादी एवं साहित्यकार पद्मरत्न तुलाधरको पाँचौँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संघीयता, गणतन्त्र लगायत परिवर्तनमाथि प्रश्न उठाउने दुस्साहस भइरहेको उल्लेख गरे । नयाँ पुस्तालाई बलिदानका बारेमा बुझाउन आवश्यक रहेकामा उनले जोड दिए ।

उनले ‘जनयुद्ध’का समयमा रोल्पामा गएको स्मरण गरे । पद्मरत्न र दमननाथ ढुंगाना दुवैले ‘जनयुद्ध’लाई राजनैतिक आन्दोलनका रूपमा व्याख्या गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले पद्मरत्नकै कारण नेपाल संवत्लाई राष्ट्रिय संवतका रूपमा मान्यता दिइएको बताए । राष्ट्रिय संवत् नेपाल सरकारको दस्तावेजमा लेखिने उनले जानकारी गराए ।

भूमिगत रूपमा अरू दलहरूसँग सहमति र शान्तिको वातावरण बनाउन तुलाधरको भूमिका रहेको उनले उल्लेख गरे । तुलाधारले सांस्कृतिक र भाषिक सम्मान आन्दोलन तथा जातीय पहिचान र वर्गीय उन्मुक्तिका निम्ति निरन्तर आवाज उनले उनले बताए ।