• मंसिर ७ २०८१, शुक्रबार

पैसा कमाउने यि तरिका, जसले तपाईको जीवन बदलिन सक्छ

कार्तिक २६ २०८०, आईतवार

काठमाडौं । संसारमा हरेक मान्छेको ध्यान एउटै हुन्छ पैसा कसरी कमाउने ? कसरी धनी हुने र सुख समपन्न बन्न । धेरैले सपनामा पनि पैसा कसरी कमाउने भनेर सोचिरहेका हुन्छन् । पैसाकै लागि मान्छेले कडाभन्दा कडा परिश्रम पनि गर्छन । तर पनि पैसा कमाइरहेका हुदैनन् ।

कतिपयले अबैध रुपमा पैसा त मनग्य कमाइरहेका हुन्छन् । तर त्यो पैसाले आरामभन्दा पनि तनाब दिइरहेको हुन्छ । सुखको सास फेर्न सकिरहेका हुँदैनन् । मिहेनत गरेर पैसा कमाउनेको मन भने शान्ति छाउने गर्छ ।

धेरै अल्पविकसित देशका नागरिकहरुमा भने एउटा सानो घर बनाउने, बालबालिकालाई शिक्षा दिने, बिरामी पर्दा उपचारका लागि बचत गर्नका लागि पैसा कमाइरहेका हुन्छन् । जुन विकसित देशमा भने राज्यले शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिदाँ पैसाको तनाब भने अलि कम हुन्छ । त्यसो त संसारभर नै पैसा कमाउन नचाहने मान्छे बिरलै भेटिन्छन् । मान्छेले धनी हुनका लागि कडा मिहेनत पनि गरिरहेको हुन्छ तर कसरी जोगाउने भन्ने नजान्दा गोजीको पैसा रित्तिरहेको हुन्छ ।

मान्छेले पैसा कमाएपछि आउने सोच भनेको समाजमा आफूलाई हेर्ने दृष्टिकोण निर्माण बारे पनि सोचिरहेको हुन्छ । पैसा हुँदा समाजमा अरुले गर्ने मान सम्मान र नहुदाँ कसैले पनि नटेर्ने नेपाली समाजको विशेषता नै हो । त्यसैले पनि नेपाली समाजमा धेरै मान्छे आम्दानीको स्रोतका लागि दैनिक कुदिरहेको हुन्छ । हामीले पैसा कसरी कमाउन सकिन्छ र मान्छे कसरी सफल हुन्छन् भन्ने विषयमा केही विषयबस्तु प्रस्तुत गरेका छौँ ।

पैसा कमाउनका लागि पहिला सपना देख्नुस्

कुनै पनि उद्देश्य पूरा गर्नका लागि मान्छेले सपना देख्न पर्छ । के कसरी काम गर्ने भन्ने करा पहिला सपना देख्न जरुरी छ । सपना देख्नेले नै महत्वकांक्षा राख्छ र त्यसलाई कसरी सफल बनाउने भन्ने दिशातर्फ उन्मुख हुन्छ । जसले कुनै काम गर्दा सपना देख्न सक्दैन त्यो व्यक्तिले केही पनि गर्न सक्दैन । सपना देख्नेले आफूलाई सफल बनाउन प्रयत्न गर्न सक्छ । तपाईको त्यस्तो सपनाको कसरी पूरा गर्न सकिन्छ । त्यसका लागि तपाईलाई उपयुक्त लाग्ने योग्य व्यक्तिको समेत सहयोग लिन सक्नुहुन्छ ।

तपाई आफ्नो क्षमताको पहिचान गर्नुहोस्

जानकारहरु भन्छन्, तपाईको क्षमता, योग्यता के हो त्यो पहिचान गर्नुस् । त्यसले तपाईलाई सफल हुन मद्दत मात्रै गर्दैन, मार्गनिर्देशन समेत गर्दछ । तपाई आनै बारेमा यो जान्न जरुरी छ कि तपाई सबैभन्दा सहज र सपजलो तरिकाले के कमा गर्न सक्नुहुन्छ ।

तपाईले मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै तपाईले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ । यसलाई ध्यानमा राख्नुस कि जीवनमा सफलता हासिल गर्न वा पैसा कमाउनका लागि मतिस्कलाई सही दिशामा लगाउन जरुरी हुन्छ ।

कडा मेहनतको विकल्प छैन

पैसा कमाउने विषय सजिलो र सहज छैन । त्यसका लागि कडा मेहनत र डेडिकेशनको जरुरी पर्दछ । असाध्यै तल्लो तलबाट माथि उठेका संसारका ठूला मान्छेहरुले जीवनमा गरेको संघर्षका कथा पढ्नुस । दुःखबाट सफलता हासिल गरेर व्यक्तिको कथा र जीवन संघर्षले तपाईलाई प्ररित गर्दछ ।

तपाईको क्षमता बढाउन र मेहनत गर्नका लागि त्यसले तपाईलाई प्रेरित गर्दछ । वारने बफेट हुन वा अमेजनका मालिक वा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश आम्बानीले सपना देखेका कारण नै सफलता हासिल गरेका हुन् ।