• आश्विन १३ २०८१, आईतवार

घरमा सुख, समृद्धि ल्याउन महालक्ष्मीको पूजा र मूर्ति यसरी स्थापित गर्नुहोस्

कार्तिक २४ २०८०, शुक्रबार

 

धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाइन्छ ।
अधिकांश मानिसले कुनै न कुनै रुपमा लक्ष्मीलाई आफ्नो घरको पूजा कोठामा स्थापित गरेका पनि हुन्छन् । तस्विर होस् या मूर्ति, लक्ष्मीको रुप हरेक घरमा देखिन्छ ।

शास्त्रअनुसार धन सम्बन्धी आवश्यकताको पूर्ति गर्ने हो भने महालक्ष्मीलाई प्रसन्न पार्न आवश्यक हुन्छ । महादेवीलाई प्रसन्न पार्न प्रत्येक दिन यस किसिमले विधिवत रुपमा पूजा गर्नु पर्ने हुन्छ ।

यसका साथै जुन घरमा सुन तथा चाँदीले बनेको महालक्ष्मीको मूर्ति राखिन्छ त्यस घरमा कहिल्यै पनि गरिबीको बास नहुने धार्मिक विश्वास रहिआएको छ ।

पैसासँग जोडिएको समस्यालाई हटाउनका लागि महालक्ष्मीका साथै भगवान विष्णुको पूजा गर्नु उपयुक्त हुन्छ । देवी लक्ष्मी भगवान विष्णुकी पत्नी हुन् । त्यसैले विष्णुको पूजा गर्ने भक्तप्रति धनकी देवी लक्ष्मीको विशेष कृपा रहने विश्वास गरिन्छ ।

किन महत्वपूर्ण छ सुन र चाँदीको मूर्ति ?

जुन घरमा सुन वा चाँदीबाट बनेको महालक्ष्मीको मूर्ति हुन्छ त्यहाँ देवी लक्ष्मीको कृपा सदैव हुन्छ । साथै, हेरक दिन सुन वा चाँदीको उक्त मूर्तिलाई पूजा गरिनु पर्ने छ । सुन वा चाँदीबाट बनेको मूर्तिको पूजा गर्ने श्रद्धालु भक्तले कहिल्यै पनि दरिद्रताको सामना गर्न नपर्ने धार्मिक विश्वास छ ।

सुन वा चाँदीको मूर्ति ल्याउन नसके ?

सुन वा चाँदीको मूर्ति ल्याउन नसकेको खण्डमा पितलको मूर्ति भए पनि घरमा ल्याउन सक्नु हुनेछ । मूर्तिका लागि पितललाई पनि शुभ मानिन्छ । धेरैजसो मन्दिरमा पितलकै मूर्ति स्थापना गरिएका हुन्छन् । तपाईंले पितलको मूर्तिको पूजाआराधना गरेर पनि घरमा सुख–शान्ति ल्याउन सक्नु हुनेछ ।

यस्तो हुन आवश्यक छ लक्ष्मीको मूर्ति

– माता लक्ष्मीको मूर्ति कमलको फूलमाथि विरासित हुनु पर्नेछ ।

– मूर्तिको हातमा धनको कलश, कमलको फूल, शंख तथा एक हात आशिर्वादको मुद्रामा हुनु पर्नेछ ।

– लक्ष्मीको मूर्तिसँगै गणेशको पनि मूर्ति भएको खण्डमा अझ लाभ मिल्नेछ ।

– घरको पूजा कोठामा श्रीयन्त्रलाई पनि स्थापना गर्ने हो भने धन र सुख प्राप्त गर्न सकिने छ ।