काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) सर्वदलीय बैठक बोलाएका छन्। मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुन:स्थापनाको विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।