• आश्विन १३ २०८१, आईतवार

छोकडा खानुका फाइदा

कार्तिक २१ २०८०, मंगलवार

छोकडा सेवन गर्नु चाहिं तपाईंका स्वास्थ्यका लागि फाइदाजनक छ । चिकित्सकहरुका अनुसार, दैनिक दुई देखि ४ वटा सम्म छोकडा सेवन गर्ने हो भने यसबाट धेरै लाभ लिन सकिन्छ

पाचन प्रणाली सहज : छोकडाको सेवनले आन्द्रामा त्यस्तो व्याक्टेरियाहरुको बृद्धि गर्छ की जुन ब्याक्टेरीले पाचन प्रणालीलाई फाइदा गर्छ । छोकडामा पर्याप्त मात्रामा फाइबरहरु पाइन्छ ।

जोस बढाउँछ : सामान्तयता छोकडामा चिनी, ग्लुकोज, फ्रुक्टोज र सुक्रोजहरु प्रसस्त मात्रामा पाइन्छन् । जसले हामीलाई शक्ति दिने गर्छ । जसका कारण शरिरमा स्फुर्ति बढ्छ र जाँगरीलो बनाउँछ ।

मस्तिष्कको क्षमतामा बृद्धीका लागि सहयोगी : छोकडामा पाइने भिटामीनले मस्तिष्कमा सेरोटोनिन र नोरेपिनेफ्रिनको उत्पादन गर्न मद्धत गर्छ जसले, मस्तिष्कको क्षमता अभिबृद्धि गर्न मद्दत गर्छ ।

कब्जियतबाट बचाउँछ : छोकडाको नियमति सेवन गर्ने हो भने यसले कब्जियतका विरामीहरुलाई समेत सहज गराउँछ ।

मुटको स्वस्थ राख्न मद्दत : छोकडामा पोटासिय पाइन्छ जसले मुटुलाई स्वस्थ्य राख्न समेत राम्रो काम गर्छ ।