काठमाडौं । कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।
उनले सरकारलाई दिइएको विश्वासको मत भने फिर्ता नलिने बताए। ‘आजबाट प्रतिपक्षमा बस्ने निर्णय गरियो,’ उनले भने, ‘सरकारबाट फिर्ता भइसक्यौँ। विश्वासको मत भने कायमै राख्ने निर्णय गर्यौँ।’
उनले सरकार बनाउँदाको समर्थन फिर्ता भइसकेको, तर दिइएको विश्वासको मतको समर्थन भने हाललाई फिर्ता नलिने निर्णय भएको बताए।