• मंसिर १२ २०८१, बुधबार

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

कार्तिक १७ २०८०, शुक्रबार

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपाल छनोट भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने विश्वकपमा छनोट भएको हो।

टस जित्दै पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा १३४ रन बनाएको थियो। १३५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७. १ दशमलव ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

यता ओ‌मान पनि विश्वकपमा छनोट भइसकेको छ। बहराइनलाई टियु क्रिकेट मैदानमा १० विकेटले हराउँदै छनोट खेलको फाइनल तथा विश्वकपमा छनोट भएको हो।

नेपालका लागि ओपनर आशिफ शेखले अविजित ६३ रनको योगदान दिए। कप्तान रोहित पौडेलले पनि अविजित ३५ रन बनाए।

यस्तै ओपनर कुशल भुर्तेले ११ रनमै आउट भएका थिए भने गुल्शन झाले २२ रन जोडे। यूएईका निलांश केश्वानी र बसिल हमीदले एक/एक विकेट लिए।

अब छनोट खेलको उपाधीका लागि आइतबार ओमान र नेपाल टियु क्रिकेट मैदानमा भिड्नेछन्।

यसअघि माथिल्लो मुलपानीमा भएको सेमिफाइलनमा नेपालका कुशल मल्लले सबैभन्दा धेरै ३ विकेट लिए। नेपाली स्पिनरको सामु यूएईले धरासयी भएको थियो। कुशलसँगै सन्दीपले २ विकेट लिन सफल भए भने सोमपाल कामीले १ विकेट लिए। कप्तान रोहित पौडेलले पनि एक विकेट लिए।

यूएईका लागि भि अरविन्दले सबैभन्दा धेरै ६४ रन बनाए। कप्तान रोहित पौडेलले उक्त सफलता दिलाएका हुन्। अलि नसिरलाई रोहितले व्यक्तिगत ४ रनमा क्याच आउट गराए। कुशल भुर्तेलले सुन्दर क्याच लिएका थिए।