• फाल्गुन २६ २०८२, मंगलवार

१० हजार निर्दोष मान्छे मरेपछि बाइडेनले भने, अब हिंसा रोकिनुपर्छ

कार्तिक १६ २०८०, बिहीबार

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरुको रिहाईका लागि इजरायल र हमासबीचको द्वन्द्व ‘रोक’ गर्न माग गरेका छन् । मिनेसोटामा एक कार्यक्रमको क्रममा, एक महिलाले बाइडेनलाई प्रश्न गर्दै गाजामा युद्धविरामको लागि अपील गरेकी थिइन् ।

उक्त कुराको प्रतिक्रिया दिंदै बाइडेनले भने, ‘मलाई लाग्छ कि अब युद्ध रोक्न आवश्यक छ । रोक्नु भनेको बन्धकहरूलाई मुक्त गर्ने समय पाउनु हो ।’

ह्वाइट हाउसले पछि बाइडेनको उक्त बयानमा स्पष्टीकरण जारी गरेको थियो । विज्ञप्तिमा राष्ट्रपतिले मानवीय सहायता र हमासद्वारा २४० बन्धकहरूको बारेमा कुरा गरेका उल्लेख गरिएको जनाएको छ । पछि सुरक्षाकर्मीले ती महिलालाई त्यहाँबाट निकालेका थिए । यस क्रममा उनले ‘संघर्ष बन्द’को नारा लगाएकी थिइन् ।

बाइडेनले आफ्नो भाषणमा वर्तमान परिस्थितिहरू इजरायल र मुस्लिम राष्ट्रहरु दुवैका लागि धेरै गाह्रो भएको बताएका थिए । ‘म द्विपक्षीय समाधानको समर्थन गर्छु । मैले सुरुदेखि नै यही गरिरहेको छु । वास्तविकता के हो भने हमास एक आतंकवादी संगठन हो ।’, उनले भने । बीबीसी