• फाल्गुन ३० २०८२, शनिबार

संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

कार्तिक १६ २०८०, बिहीबार

काठमाडौं । सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ। यो अधिवेशनमा सरकारले कानुन निर्माण गर्न सकिरहेको थिएन।

सरकारले सक्रमणकालीन न्याय निजामती कर्मचारी र विधालय शिक्षा सम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको थियो। तर सम्भव नभएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।