• मंसिर ११ २०८१, मंगलवार

सयपत्री फुलको माला भारतबाट ल्याउन बन्द

कार्तिक १५ २०८०, बुधबार

काठमाडौं । सरकारले भारतीय सत्रपत्री फुलको मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्नसक्ने देखिएका कारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस गर्ने काम १ कात्तिकबाटै रोक लगाइएको जनाइएको छ ।

केन्द्रका अनुसार इजाजतपत्र बेगर आयात गरिएका वस्तु अवैध हुन्छन् । यस वर्ष सरकारी तथा निजी संस्थाको संयन्त्रबाट अनुगमन कडा गरिने र अवैध भेटिएमा जफत र दण्ड जरिवाना हुने भन्दै कार्यालयले सचेत समेत गराएको छ ।

विरुवा तथा वनस्पती सम्बन्धी सामग्री आयात गर्दा सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र आयात गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पुष्पजन्य सामग्री आयात गर्दा पुष्प विकास केन्द्रको सिफारिसमा मात्र प्रवेश इजाजत पत्र जारी हुने गरेको छ ।