• फाल्गुन ३० २०८२, शनिबार

गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्माको समूहमाथि एमाले कार्यकर्ताद्वारा हातपात

कार्तिक १४ २०८०, मंगलवार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माको समूहमाथि हातपात भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मा लगायतमाथि हातपात र अभद्र व्यवहार भएको हो ।

घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको बताइएको छ । अन्यलाई भने कुनै चोट भने नलागेको बताइएको छ । संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताले आफूहरुमाथि हातपात र अभद्र व्यवहार गरेको बताइएको छ । उनले आफू घटनाबाट उम्किन सफल भएपनि अन्य अभियन्ताहरुमाथि पनि थप हातपात भएको बताए ।

संघकै सभाहलमा बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहित उपस्थित युवासंघको कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुग्दा घटना भएको हो । ‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ । यो अन्तयन्त निन्दनीय छ’, उनले भने । घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगिसकेको बताइएको छ भने तनावको अवस्था रहेको छ । घटनापछि महेश बस्नेत सहिका युवासंघका कार्यकर्ता बाहिरिएका थिए ।

संघको ११औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति चयन भएको छ । शर्माले आफूलाई आधिकारिक दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् । आरके शर्मा माओवादीनिकट हुन् भने अध्यक्षमा निर्वाचित बद्री केसी एकालेनिकट हुन् ।