काठमाडौँ । आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट आज (सोमबार) देखी नेपालमा सुरु हुँदैछ । आज नेपालले पहिलो म्याच सिंगापुरविरुद्ध खेल्दैछ । किर्तीपुरस्थित टियू मैदानमा हुन लागेको खेल बिहान नौ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिता कार्तिक १३ देखी १९ सम्म मुलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीमले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।
नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो ।