काठमाडौं । धादिङ जिल्ला भलिबल टिमका कप्तान मनोज श्रेष्ठ मृत भेटिएका छन् । धादिङ प्रहरीले बिहीबार मनोज रुखमा झुन्डिएको अवस्थामा फेला परेको जनाएको छ ।
धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङले सामाजिक सञ्जालमार्फत् प्रतिभाशाली खेलाडी गुमाएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
‘आज धादिङ जिल्ला खेलकुद भलिबल क्षेत्रको कालो दिन धादिङ जिल्ला खेलकुद क्षेत्रमा दिएको योगदान हामी कहिल्यै भुल्ने छैन । प्रतिभाशाली, उदाउँदो खेलाडी गुमायौं’ तामाङले लेखेका छन् ।
घटनाबारे प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान भइरहेको बताएको छ ।