• फाल्गुन २६ २०८२, मंगलवार

संयुक्त राष्ट्र संघका महासचिव गुटेरस प्यालेस्टाइनको पक्षमा उभिए, विश्वभर भयो हंगामा

कार्तिक ८ २०८०, बुधबार

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनी गुटेरेसले मङ्गलबार इजरायल-हमास द्वन्द्वबारे कडा टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले अक्टोबर ७ मा हमासले गरेको हमला कुनै ‘वैक्यूममा’ अर्थात् ‘अचानक’ नभएको बताएका छन् ।
उनले भने, ‘प्यालेस्टिनी जनताले विगत ५६ वर्षदेखि दमनकारी कब्जाको उत्पीडन भोग्दै आएका छन् । तिनीहरूले आफ्नो भूमि बिस्तारै (इजरायली) बस्ती र हिंसाको चपेटामा परेको देखेका छन् । उनीहरुको अर्थतन्त्र ध्वस्त भयो । तिनीहरूका मानिसहरू विस्थापित भए र तिनीहरूका घरहरू ध्वस्त भए । उनीहरुको पीडाको राजनीतिक समाधानको आशा क्षीण हुँदै गयो ।’ तर उनले यो पनि भने कि ‘हमास’ को भयानक आक्रमण प्यालेस्टिनी जनताको गुनासोद्वारा जायज हुनसक्दैन, न त प्यालेस्टिनी जनताले पाएको सजायद्वारा जायज हुनसक्छ ।

यस बयानपछि संयुक्त राष्ट्रका लागि इजरायली राजदूत गिलाड एर्डनले गुटेरेसको राजीनामा माग गरेका छन् । यसैबिच, हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गाजामा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । यो द्वन्द्वका क्रममा २४ घण्टाको अवधिमा मृत्यु हुनेको सबैभन्दा धेरै संख्या हो । योसँगै हालसम्म यस द्वन्द्वमा इजरायली बमबारीबाट गाजामा ज्यान गुमाउनेको संख्या ५७०० नाघेको छ । योसँगै इजरायलमा यो द्वन्द्वका कारण १४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।