• मंसिर १२ २०८१, बुधबार

पारा एसियाली खेलकुदमा पलेशाले जितिन् कास्य पदक

कार्तिक ७ २०८०, मंगलवार

काठमाडौं । पलेशा गोवर्धनले चीनको हाङचउमा भइरहेको चौथो पारा एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छिन् । नेपालले पारा एसियाली खेलकुदमा पदक जितेको यो नै पहिलो पटक हो ।

पलेशाले महिला ५७ केजी मुनि के ४४ मा कांस्य जितेकी हुन् । उनले क्वाटरफाइनलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गरेकी थिइन् र यससँगै उनको पदक निश्चित भएको हो ।

सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी डोसमालोभा कामिलियासँग १६–१० ले पराजित भइन् ।