• फाल्गुन २६ २०८२, मंगलवार

सहायता सामग्री लिएर अर्को समूह इजिप्टहुँदै युद्धग्रस्त गाजा पुग्यो

कार्तिक ६ २०८०, सोमबार

इजरायल । आवश्यक सहायता लिएर गएको सवारीसाधनको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङबाट गाजामा प्रवेश गरेको सीएनएनले जनाएको छ ।
२० लाखभन्दा बढी नागरिकको घर गाजाले इजरायलको लगातारको बमबारी र पूणर् नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ ।

शनिबार र आइतबार कुल ३४ ट्रकले सोही रफाह क्रसिङमार्फत् इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, औषधि र चिकित्सकीय उपकरणसहित अत्यावश्यक सामग्री पुर्याएका थिए ।

यी प्रयासका बाबजुद मानवअधिकार संस्थाहरूले प्यालेस्टाइनी क्षेत्रसम्म पर्याप्त रूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका विज्ञले आइतबार गाजामा इजरायलको कारबाहीलाई मानवताविरुद्धको अपराधसरह भएको घोषणा गरेका थिए ।

गाजाका निम्ति इजरायलको सीमा क्रसिङ बन्द गरिएका कारण इजिप्ट र गाजालाई जोड्ने रफाह क्रसिङ प्यालेस्टाइनी क्षेत्रमा सहायता सामग्री पुर्याउने एक मात्र व्यावहारिक मार्ग बनेको सीएनएनले जनाएको छ ।