• फाल्गुन २६ २०८२, मंगलवार

जोखिम पत्रकारिता : इजरायल–हमास युद्दमा २२ पत्रकार मारिएको खुलासा

कार्तिक ४ २०८०, शनिबार

काठमाडौं । पत्रकार सुरक्षा समितिका अनुसार अक्टोबर ७ मा इजरायल र हमासको संघर्ष सुरु भएयतादेखि हालसम्म २२ जना पत्रकारको मृत्यु भएको छ । समितिले एक विज्ञप्तिमा यो युद्धमा हालसम्म १८ प्यालेस्टिनी पत्रकार, तीन इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ ।

सीपीजे (पत्रकार सुरक्षा समिति) ले तीमध्ये १५ जनाको मृत्यु इजरायली हवाई आक्रमणमा भएको र दुई पत्रकार हमासको आक्रमणमा मारिएको बताएको छ । सीपीजेका अनुसार आठजना पत्रकार घाइते भएका छन् भने तीनजना बेपत्ता छन् ।

सीपीजेका प्रवक्ताले भने, ‘पत्रकारहरू पनि संकटको समयमा कठिन काम गर्ने नागरिक हुन् र युद्धका पक्षहरूले उनीहरूलाई लक्षित गर्नु हुँदैन ।’
इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ । हमासको स्वास्थ्य विभागका अनुसार बम विष्फोटमा हालसम्म चार हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा १४०० भन्दा बढीको मृत्यु भएको छ ।