• फाल्गुन २६ २०८२, मंगलवार

५ जना मारिने गरी इजरायलले गाजाको अस्पतालमा गरेको आक्रमणको नेपाल सरकारद्वारा भत्सर्ना

कार्तिक २ २०८०, बिहीबार

काठमाडौं । नेपालले बुधबार गाजाको एक अस्पतालमा ५०० जनाको ज्यान जाने गरी भएको आक्रमणको भत्र्सना गरेको छ ।
प्यालेस्टिन चरमपन्थी समूहले उक्त आक्रमण इजरायलले गरेको बताउँदै आएको छ । तर, इजरायलले भने आक्रमण आफूले नगरेको र अन्य कट्टरपन्थी इस्लामिक समूहले गरेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै इजरायलको नाम नलिई आक्रमणको भत्र्सना गरेको छ । ‘गाजाको एक अस्पतालमा हिजो निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौँ र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

नागरिकहरू विरुद्धको आक्रमणको बारेमा नेपाल गम्भीर रूपमा चिन्तित भएको परराष्ट्रले जनाएको छ । परराष्ट्रले जस्तोसुकै परिस्थितिमा पनि जनताको सुरक्षा हुनुपर्ने र गर्न आह्वान गरेको छ । ‘हामी शान्तिमा विश्वास गर्छौं र विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ,’ परराष्ट्रले इजरायल र हमासलाई भनेको छ ।

विश्व समुदायले भने सो हमला इजरायलले गरेको आततायी महला हो भन्नेमा स्पष्टरुपमा बुझेको छ । फलस्वरुप प्यालेस्टाइनको समर्थनमा विश्वभर प्रदर्शनहरु भइरहेका छन् ।