• मंसिर १२ २०८१, बुधबार

एभोकाडोका यस्ता छन् फाइदा

कार्तिक २ २०८०, बिहीबार

नेपालमा एभोकाडो वि. सं. २०२८ मा भित्रिएको मानिन्छ । भित्रिएको लामो समय भएपनि भर्खर मात्र यो नेपाली भान्सामा पनि परिचित हुन थालेको छ । यो बहुपोषक तत्व भएको फल हो । बहुपोषक तत्व भएकै कारण यो संसारभर परिचित रहेको छ ।

यहाँ एभोकाडोका केही स्वास्थ्यवद्र्धक फाइदाका बारे बताइएको छ ।

पोषक तत्वहरूको उत्कृष्ट स्रोत
एभोकाडो बहुपोषक तत्व भएको महत्वपूर्ण फल हो । यसमा पछिल्लो समय चल्तीमा रहेको खानेकुरामा अभाव हुने पोषक तत्वहरू पनि पाइन्छ । यसमा क्यालोरी, प्रोटिन, फाइबर, भिटामिन सी, भिटामिन ई, भिटामिन के, पोटासियम लगायतका विभिन्न पोषक तत्वहरू पान्छन्।

एभोकाडोमा स्वस्थ चिल्लो पदार्थ हुन्छ । यसमा भिटामिन र मिनरल्स प्रयाप्त पाइन्छ । व्यक्तिलाई हरेक दिन आवश्यक पर्ने तत्वहरू एउटै फलमा पाइने भएकाले एभोकाडो निकै लोकप्रिय बन्दै गइरहेको छ ।

पेटका लागि फाइदाजनक
एक दाना एभोकाडोमा सरदर १४ ग्राम फाइबर हुन्छ । फाइबर पाचन प्रणालीका लागि निकै फाइदाजनक हुन्छ । सानो सङ्ख्यामा गरिएको एक अध्ययनअनुसार दैनिक एभोकाडो सेवन गर्ने व्यक्तिमा व्याक्टेरियामा विविधता ल्याएको थियो । यसले पेटको क्यान्सर हुनबाट रोकथाम गर्न मद्दत पुर्‍याउने विज्ञहरूको भनाइ छ ।

मुटुरोगको जोखिम घटाउँछ

एभोकाडोल मुटुरोग सम्बन्धी समस्याको जोखिम कम गराउने विज्ञहरूले बताएका छन् । नियमित रूपमा एभोकाडो खाने व्यक्तिलाई मुटुरोगको जोखिम कम हुने देखिएको हो । भिटामिन, मिनरल्स, स्वस्थ चिल्लो, फाइबर जस्ता तत्वले मुटुसँग सम्बन्धित रोग लाग्ने सम्भावना कम गराउँछन् ।

मस्तिष्क स्वास्थ्यका लागि फाइदाजनक
एभोकाडो नियमित खानाले मस्तिष्क तथा मुटुसँग सम्बन्धित रोग लाग्ने सम्भावना कम हुने विज्ञहरूले बताएका छन् । एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुने भएकाले एभोकाडो मस्तिष्कको स्वास्थ्यका लागि पनि निकै फाइदाजनक भएको हो । एक सानो अध्ययन अनुसार हरेक दिन एभोकाडो खाने व्यक्तिको शरीरमा रगतको मात्रा बढाएको थियो ।

वजन सन्तुलित राख्न मद्दत गर्छ
वजन सन्तुलन गर्ने विभिन्न उपायहरू छन् । एभोकाडोको नियमित सेवनले पनि वजनलाई सन्तुलनमा राख्न मद्दत गर्ने अध्ययनले देखाएको छ । एभोकाडोमा क्यालोरी भएपनि पोषक तत्व तथा फाइबरलगायतका तत्व पनि हुने भएकाले मोटोपन नियन्त्रणका लागि यो फाइदाजनक रहेको छ ।

गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई फाइदा
एभोकाडो गर्भवती तथा स्तनपान गराइरहेका महिलालाका लागि निकै फाइदाजनक रहेको छ । गर्भवतीलाई आवश्यक पर्ने पोटासियम, भिटामिन सीलगायतका पोषक तत्वहरू एउटै खानेकुराबाट प्राप्त हुन्छ । कतिपय अवस्थामा महिलालाई बाहिरका औषधि सेवन गर्न दिइन्छ । त्यस्ता औषधिले गर्भमा जटिलताहरू पनि निम्त्याउने

गरेका छन् ।

गर्भवती महिलालाई आवश्यक फोलेट एक दाना एभोकाडोबाट २७ प्रतिशतसम्म प्राप्त हुने विज्ञहरूले बताएका छन् । यसले कब्जियत हुने सम्भावनालाई पनि कम गर्छ ।

(हेल्थलाइनबाट)