• आश्विन १३ २०८१, आईतवार

काजु खानुका फाइदा

कार्तिक १ २०८०, बुधबार

काजुमा कार्बोहाइड्रेड , चिल्लो पदार्थ दैनिक क्यालोरीको २० देखि ३५ प्रतिशतसम्म पाइन्छ । फाइबर, प्रोटिन , क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम पाइन्छ । यसबाहेक यसमा सोडियम, जिंकजस्ता पदार्थ पनि काजुमा पाइन्छ ।

काजु खानुका फाइदा

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ

– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।

– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।

– कोलेस्टेरोल घटाउन सहयोग पुर्‍याउँछ ।

– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।

– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।

– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।

– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।

– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।

– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।

– अनुहारको छालामा चमक ल्याउँछ ।

– कुनै साइड इफेक्ट गर्दैन ।

– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।

– हड्डी मजबुत गराउँछ ।

– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।

– थकान मेटाउन सहयोग पुर्‍याउँछ ।

– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।

– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।

– तनाव घटाएर थकान हुनबाट बचाउँछ

– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ । (एजेन्सी