• आश्विन १३ २०८१, आईतवार

ब्राउन राइसको फाइदा

आश्विन २९ २०८०, सोमबार

खानेकुरामा अन्नको चर्चा गर्दा ब्राउन राइसको नाम पनि अग्रपंतिमा आउँदछ।

अहिले धेरैजसो मानिसका लागि ब्राउन राइस लोकप्रीय बनेको छ । ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ।

ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ।

ब्राउनमाा राइसमा पाइने पौष्टिक तत्वहरु

स्वास्थ्यका लागि निकै फाइदाजनस मानिने ब्राउन राइसमा विभिन्न पौष्टिक तत्वहरु पाइन्छ । सेतो चामलको तुलनामा ब्राउन राइस निकै फाइदाजनक र सुरक्षित मानिन्छ । ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेट बढी हुन्छ । ब्राउन राइस फोलेट, राइबोफ्लेविन, पोटाशियम र क्याल्सिमको राम्रो स्रोत हो ।

ब्राउन राइसले स्वास्थ्यमा गर्ने फाइदाहरु

नियमित रुपमा ३ देखि ६ महिनासम्म ब्राउन राइसको सेवन गरे अल्जाइमर र डिमेंशिया जस्तो स्थितिमा फाइदा मिल्छ।
ब्राउन राइसमा हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ। यसले पाचन तन्त्रलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ।
ब्राउन राइसको सेवनबाट अल्जाइमर, डिमेंशिया रेटिंग स्केललाई पनि फाइदा गर्छ।
ब्राउन राइसमा पाइने पौष्टिक तत्व बालबालिकाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ।
ब्राउन राइसमा पाइने प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, म्याग्नेसियम आदि बालबालिकाको विकासका लागि निकै महत्वपूर्ण मानिन्छ।
ब्राउन राइसमा भरपुर मात्रा एन्टीअक्सिडेन्ट पाईन्छ। जसले विभिन्न किसिमका क्यान्सरको जोखिमलाई पनि कम गर्छ।
ब्राउन राइसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ।