पतिको मृत्युपछि पतिसँगै चितामा जिउँदै जलाइने प्रथा कहिलेदेखि चल्यो भनेर भन्न मुस्किल छ । यदि तपाईं १०३ वर्ष अघि हुनुभएको भए यस्तो भयानक दृश्य आफैले देख्न पाउनुहुन्थ्यो । त्यति धेरै पुरानो छैन । तपाईंहरू मध्ये कतिको हजुरबुबाले चाहिँ पक्कै देख्नुभएको थियो होला ।
हिन्दु शास्त्र परासर स्मृतिमा यस्तो लेखिएको छ :
‘तिसूत्र कोट्योध्रकोटि च यानि लोमानि मानवे । तावत्काल वसेत्स्वर्गे भत्तारं यानुगच्छति ।
अर्थात्, पतिको मृत्यु उपरान्त जो स्त्री आफ्नो पतिको साथै चितामा ‘सती’ जान्छिन्, यानी आफ्नो पतिको चितामा जिउँदै आगोमा समाहित हुन्छिन् । त्यो स्त्री मनुष्यको शरीरमा जति छिद्रहरू हुन्छन् त्यति नै वर्षसम्म स्वर्गमा निवास गर्छिन् ।
(पाराशर स्मृतिः)
सती जाँदा बिधवालाई भाङ पिलाइन्थ्यो ताकि कुनै प्रतिरोध गर्न नसकोस् । तिनलाई काठको कुर्सीमा बाँधेर चिहानमा राखिन्थ्यो र आगो लगाएपछि चित्कार नसुनियोस् भनेर ठूलो आवजले ढोल बजाइन्थ्यो । कति दर्दनाक ।
पाचौं शताब्दीतिरै राजा मानदेवको रानीले यो प्रथाको बिरोध गरेको इतिहासमा उल्लेख छ । त्यसपछि धेरैले बिरोधका आवाज उठाइरहे । तर यो हट्दै नगएर झन् जरो गाड्न तब पुग्यो जब मल्ल राजा जयस्थिति मल्लले १४औं शताब्दीमा स्वस्थानी कथा लेख्न लगाए ।
उनले महिलाहरूलाई स्वःस्थानमा रहन अथवा आफ्नो सिमाना ननाघ्न र धेरै विद्रोह नगर्न यो लेख्न लगाए । सुरुमा यो नवराज र गोमाको बारेमा मात्र १४ अध्यायको थियो । पछि १९औं शताब्दीमा महादेव र सतीको पौराणिक कथा थपेर ३० अध्यायको बनाइयो । जसले सती जानलाई बाध्य पार्छ ।
१६औं शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लका काजी भिम मल्ल एकदमै राजभक्ति गर्ने काजी थिए । लक्ष्मीनरसिंह मल्लले नै काठमाडौंको काष्ठमण्डप मण्डप निर्माण गाराएका थिए । जसको नामबाट नेपाल अर्थात् नेवारको नाम काठमाडौं हुन आयो । उनको विश्वासयोग्य काजी भिम मल्लले षड्यन्त्र गरेर आफै राजा हुन लागेका छन् भनेर उनका बिरोधीहरूले राजालाई कुरा लगाएर मनाए । अनि राजाले उनलाई मृत्युदण्ड दिए । खासमा उनी राजाको राज्य बढाउन चाहन्थे । उनी तिब्बतको कुतिलाई आफ्नो राज्यमा गाभेर काठमाडौं फर्कंदै थिए ।
यो देखेर काजी भिम मल्लकी श्रीमतीले ‘दरबारमा कहिल्यै न्याय नहोस्’ भनेर सराप दिइन् । यसरी नेपाललाई सतीले सरापेको देश भनिन थालेको कुरा इतिहासमा पढ्न पाइन्छ ।
राजा लक्ष्मीनरसिंह मल्लकै राजकालमा सन् १६२८ मा पोर्चुगाली क्याथोलिक फादर काठमाडौं आएका थिए ।
१५१० मा गोवामाथी पुर्तगाली विजय पश्चात, पुर्तगालीले सती प्रथामा प्रतिबन्ध लगाइदियो तर पनि यो क्रम चलिरहेको थियो । डचहरूले चिनसुराहको आफ्नो कोलोनीमा र फ्रेन्चहरूले पान्डिचेरीमा यस प्रथालाई प्रतिबन्धत लगायो ।
१८औं शताब्दीतिर ब्रिटिश अधिकारीहरूले यो रिवाजको सीमित वा प्रतिबन्धत गर्ने प्रयास गरेको थियो, तर कुनै सफलता मिलेन । १९औं शताब्दीको शुरुआतसँगै ब्रिटेनको इन्जील चर्च र भारतमा त्यहाँको मिसनेरी सदस्यहरूले यो प्रथाको विरुद्ध अभियान शुरू गरे । यस अभियानको नेतृत्वमा विलियम विल्बरफोर्स र विलियम कैरी शामिल थिए । केरीको साथमा विलियम वार्ड र जोशुआ मार्शमैन (जसलाई सेरामपुर त्रयको नामले चिनिन्थ्यो) ले सती प्रथाको निन्दा गर्ने निबन्ध प्रकाशित गरे ।
ब्रह्म समाजको एक संस्थापक, राजा राम मोहन राय जसले आफ्नी भाउजुको जबरदस्ती सती गएको अनुभव गरेका थिए । उनी सती प्रथालाई प्रतिबन्ध लगाउनको लागि आवाज उठाउने प्रमुख नेताहरूमध्ये एक थिए । उनले आफ्नो धर्मयुद्ध शुरू गरेर धेरै बिधवाहरूलाई सती नजान मनाए । तर उनलाई आफ्नै आमाले अधर्मी भन्दै घरबाट निकालिदिएकी थिइन् ।
गुजरातमा स्वामीनारायण सम्प्रदायका संस्थाक सहजानंद स्वामीले सती प्रथाको खिलाफ आवाज उठाए । क्रिश्चियन र हिन्दू सुधारकहरू दुवैको प्रयासहरूको फल तब मिल्यो जब भारतको तत्कालीन गवर्नर जनरल लॉर्ड विलियम बेंटिकले १८२९ मा ईस्ट इन्डिया कम्पनीको नियम अन्तर्गत भारतमा बंगाल सती विनियमन जारी गरेर सती प्रथामाथि प्रतिबन्ध लगाइदिए ।
विनियमनले सबै भारतीय न्यायालयहरूमा सती प्रथालाई अवैध बनाइदियो र आपराधिक अदालतहरुमा अभियोजन पक्षको अधीन कानूनको २ फरवरी १८३० मा मद्रास र बॉम्बेसम्म विस्तारित गरियो । र १८६१ सम्ममा सबै राज्यहरूमा कानूनी रूपले सती प्रथामाथि प्रतिबन्ध लगाइयो । अन्तमा १८६१ मा महारानी विक्टोरियाको एक उद्घोषणाले सती प्रथामाथि पूर्ण प्रतिवन्ध लाग्यो ।
भारतपछि बृटिस सरकारले नेपालमा पनि सती प्रथा उन्मुलन गर्न दबाब दिए । जंगबहादुरले हुन्छ त भने तर उन्मुलन गर्न सकेनन् । उनकै श्रीमतीहरू नै सती गएका थिए । पछि उनका भतिज चन्द्र शमशेरले आफ्नो ५८औं जन्मदिन, जुलाई ८, १९२० मा कानुन बनाएर सती प्रथाको उन्मुलन गरे । तर सुनिन्छ, उनकी श्रीमती पनि सती गएकी थिइन् ।
संसारमा मानिस जातिलाई दासत्वमा पार्न र विनाश गर्न अन्धकारको शक्तिले ठूलो खेल खेलिरहेको हुन्छ । अहिले अर्कै खालको बन्धनको पासो फ्याकेको छ । तर अन्धकार र अतिवादलाई जरैदेखि उखेल्नुपर्छ ।
(मुरारी पाण्डेकाे फेसबुकबाट)