• फाल्गुन २६ २०८२, मंगलवार

‘नो अमेरिका, नो इजरायल’ भन्दै लाखौं जोर्डनवासीको प्रदर्शन

आश्विन २७ २०८०, शनिबार

काठमाडौं । प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ जोर्डनवासी सडकमा उत्रिएका छन् । प्यालेस्टाइनीको समर्थनमा शुक्रबार देशभर प्रदर्शन गरिएको हो ।

उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजापट्टीमा इजरायलले गरेको आक्रमणको विरोध गरे । गाजामा बढ्दो तनाव रोक्न अन्तरराष्ट्रिय समुदायसँग आह्वान समेत गरे ।

इजरायलले गाजापट्टीमा गरेको आक्रमणको विरोध र प्यालेस्टाइनप्रति समर्थन जनाउन हजारौँ इराकवासीले पनि र्याली निकालेका छन् । शुक्रबार दिउँसो उनीहरूले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले सो क्रममा इजरायलको झन्डा समेत जलाएका थिए । उनीहरूले ‘नो अमेरिका, नो इजरायल’ भन्दै नारा लगाएका थिए । एजेन्सी ।