• फाल्गुन ३० २०८२, शनिबार

कोशीमा पछि हट्न शेखरलाई राष्ट्रपति पौडेलदेखि प्रधानमन्त्रीसम्मको दबाब

आश्विन २६ २०८०, शुक्रबार

काठमाडौं । कांग्रेस–माओवादी सम्मेलित गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्रीमा आफू निकट प्रदेश सांसद केदार कार्कीलाई अघि बढाएपछि कांग्रेस नेता शेखर कोइराललाई पछि हट्न दबाब बढेको छ। कार्कीले एमाले सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

बिहीबार दिउँसो बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति जुटेको थियो। उक्त निर्णयलाई चुनौती दिँदै कोइराला समूह एमालेसँग मिल्न गएको हो।

प्रमुख प्रतीपक्षीसँग गठबन्धनभित्रको समूह मिल्न गएपछि सो निर्णयबाट फिर्ता हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नेता कोइरालालाई दबाब दिएका हुन्।

कोइरालाको सचिवालयका अनुसार पौडेल र सभापति देउवाले नेता ज्ञानेन्द्र बहादुर कार्कीको माध्यमबाट शुक्रबार बिहान र प्रधानमन्त्री प्रचण्डले मध्यान्नतिर फोनमार्फत् कोइरालालाई पछि हट्न आग्रह गरेका हुन्। जवाफमा कोइरालाले आफू पछि हट्न नसक्ने बताएको सचिवालयले बतायो।