काठमाडाैं । नेपालका जडीबुटीजन्य वा परम्परागत औषधिजन्य उद्योगहरूले अनिवार्य रूपमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को जीएमपी मापदण्ड लागू गर्नुपर्ने भएको छ । विभिन्न देशहरूले परम्परागत औषधिका लागि छुट्टै जीएमपी मापदण्ड लागू गरेको भन्दै नेपालमा पनि यो व्यवस्था लागू गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
एलोपेथिक औषधिका लागि एउटै मापदण्ड रहेकोमा परम्परागत औषधिका लागि भने विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड तयार गरी लागू गराउनका लागि यथाशीघ्र कानुनी तथा संरचनात्मक प्रबन्ध गरी लागू गर्ने सर्वोच्चले निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र औषधि व्यवस्था विभागमा परम्परागत औषधि कम्पनी दर्ता गर्दा अनिवार्य रूपमा यो मापदण्डको पालना गर्नुपर्नेछ ।