काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा उमेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उमेदवारी फिर्ता लिए । शाही निर्विरोध भएको निर्वाचन समितिका अध्यक्ष पदम पालले जानकारी दिए ।