काठमाडौं । इजरायल र हमासबीच जारी द्वन्द्वमा हालसम्म १८ थाई नागरिकको मृत्यु भएको थाइल्याण्डको विदेश मन्त्रालयले जानकारी दिएको हो ।
अन्य ११ जनाको अपहरण भएको जनाएको छ । यस द्वन्द्वमा इजरायलमा रहेका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको छ ।
उक्त द्वन्द्वमा भारतसँगै अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानडा लगायत पश्चिमी मुलुकले इजरायललाई साथ दिएका छन् । अमेरिकाले मध्यपूर्व सागरमा युद्धपोत पठाएको छ । रुस र चीनले हिंसाको निन्दा गर्दै प्यालेस्टाइनको स्वतन्त्रताको वकालत पनि गरेका छन् ।