• फाल्गुन २६ २०८२, मंगलवार

इजरायलमा रहेका नेपालीको उद्धारकार्य सुरु भइसकेको दूतावासको भनाई

आश्विन २२ २०८०, सोमबार

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरू गरिसकेको छ ।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै दूतावासले विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेको बताएको हो । केही विद्यार्थीहरूको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेको पनि दूतावासले जानकारी दिएको छ । त्यस्तै दक्षिण इजरायलको किबुज अलुमिममा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शव फिर्ता गर्न पनि दूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरू गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

‘४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना तेल अभिभ सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको,’ विज्ञप्तिमा भनिएको छ,‘साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको छ ।’

सरकारले इजरायल सरकासँग समन्वय गरी नेपालीहरूलाई स्वदेश फिर्ता गर्न अनलाइन रेजिष्ट्रेशन सुरू गरेको थियो । दुई सय भन्दा बढीले फारम भरिसकेका छन् । प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार बिहानदेखि इजरायलमाथि आक्रमण गरेको थियो । जसको आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका छन् ।