काठमाडौं । इजरायल र हमासबीचको सङ्घर्षमा दुवै पक्षका ६०० भन्दा बढी मानिस मारिएका छन् ।
टर्कीस्थित इजरायलको दूतावासले इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै हमासको हमलामा हालसम्म ३०० भन्दा बढी मारिएको र थुप्रैको अपहरण गरिएको जानकारी दिएको छ ।
हमलामा घाइते भएका लगभग २००० जनाको अस्पतालमा उपचार चलिरहेको छ । यीमध्ये १९ जनाको स्थिति नाजुक छ ।
यस्तै, प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सैन्य कारवाहीमा गाजामा ३१३ प्यालेस्टिनी मारिएको जानकारी दिएको छ । हमलामा लगभग २००० प्यालेस्टिनी घाइते भएका छन् ।