काठमाडौं । इजरायलमा रहेका नेपालीमध्ये केही हताहत भएको आशंका सरकारले गरेको छ।
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको जानकारी संसद्लाई गराएका हुन्।
आइतबार प्रतिनिधिसभाको बैठकलाई इजरायलविरुद्ध प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिने क्रममा मन्त्री साउदले त्यहाँ रहेका नेपालीको अवस्था यकिन गर्न र उद्धार गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको जानकारी पनि दिए।