काठमाडौं । चीनले इजरायल र हमासबीचको द्वन्द्वप्रति चिन्ता व्यक्त गरेको छ। चीनले दुई पक्षबीच बढ्दो हिंसा र तनावप्रति ‘अत्यन्त चिन्तित’ रहेको बताएको छ।
चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई शान्ति, धैर्यता कायम राख्न र नागरिकको ज्यान जोगाउन र स्थिति बिग्रन नदिन तत्काल कारबाही रोक्न आग्रह गरेको छ।
चीनले शान्तिको बाटो खोज्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्नसमेत आग्रह गरेको छ। हमासले शनिबार हवाइ, समुन्द्र र स्थल तीनवटै माध्यमको प्रयाेग गरी इजरायलमा हमला गरेकाे थियाे।
हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई कालो दिनको संज्ञा दिँदै दुश्मनले यसको ठूलाे मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।