• असार ४ २०८२, बुधबार

युद्धग्रस्त इजरायलमा ज्यान जोगाउन बंकरमा लुकेका छन् नेपाली विद्यार्थी

आश्विन २१ २०८०, आईतवार

काठमाडौं । युद्धग्रस्त देश इजरायलमा रहेका नेपाली विद्यार्थीहरु जीवन जोगाउन बंकरमा लुकेर बसेका छन्। सुदूरपश्चिम प्रदेश घर भएका विद्यार्थीहरु ज्यान गोगाउन बंकरमा लुकेर बसेको विवरण प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका १ जना सदस्यका अनुसार बंकरमा लुकेकाहरुले उद्धारका लागि गुहार मागेका छन्। उनीहरुले इन्टरनेट (अनलाइन)मार्फत् सम्पर्क गरी आफूहरुको उद्धार तथा उद्धारको पहल गरिदिन आग्रह गरेको ती सदस्यको भनाइ छ।

शनिबार बिहानै प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरायलमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा ९ जना नेपाली घाइते भएका थए। परराष्ट्र मन्त्रालयले शनिबार साँझ नै इजरायल आक्रमणमा ९ जना नेपाली घाइते भएका र २ जनाको अवस्था गम्भीर भएको विवरण सार्वजनिक गरेको थियो।

परराष्ट्र मन्त्रालय स्रोतले घाइते भएका ९ जनामध्ये ५ जना विद्यार्थी अस्पताल भर्ना भएको बताएको छ। २ जना भने बंकरमा रहेका बताइएको छ।