• असार ४ २०८२, बुधबार

इजरायल आक्रमणमा नौ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर

आश्विन २१ २०८०, आईतवार

काठमाडौं । इजरायलमा हमासले शनिबार बिहान गरेको घातक आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । घाइते भएका नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।