• असार ४ २०८२, बुधबार

कोशीको मुख्यमन्त्री कार्कीद्वारा राजीनामा घोषणा

आश्विन २० २०८०, शनिबार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन्। शनिबार प्रदेश सभामा सम्बोधन गर्दै उनले राजीनामा दिएका छन्।

उनले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्ने क्रममा राजीनामाको घोषणा गरेका हुन्। उनले भने, ‘मैले विश्वासको मत लिनुअघि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा दिने निर्णय गरेको छु। त्यही निर्णय तपाईंहरू समक्ष सुनाउन उभिएको छु।’

सम्बोधनभर सहमति र सहकार्यमा जोड दिएका थिए। उनले त्यसका लागि एमालेको तर्फबाट गर्नुपर्ने जस्तोसुकै त्यागका लागि तयार रहेको बताएका थिए।