• असार ४ २०८२, बुधबार

दसैंका लागि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने

आश्विन १९ २०८०, शुक्रबार

काठमाडौं । दसैंका लागि असोज २१ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यातायात व्यावसायीबीच भएको सहमति अनुसार २१ असोजदेखि चार्डपर्व लक्षित टिकट बुकिड खोल्ने सहमति भएको हो।

बर्षेनि दशैँ, तिहार र छठ जस्ता पर्वमा राजधानी काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन्। एकैपटक यात्रुको चाप बढ्ने भएकाले व्यवस्थापनका लागि दसैं‌अघि अग्रिम टिकट बुकिङ खोल्ने गरिएको छ।